Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
विश्व/एन.आर.एन.
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

७ घण्टा अघि
२

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
३

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२ दिन अघि
४

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि
५

“बच्छला सन्देश” पुस्तक विमोचन

१ हफ्ता अघि
६

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
७

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
८

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
९

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
१०

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
११

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

२ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि

युक्रेन तनावबारे बाइडेन-पुटिनबीच एक घन्टा फोन

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ फागुन १, आईतबार (३ साल अघि)
  • ४२६ पटक पढिएको
युक्रेन तनावबारे बाइडेन-पुटिनबीच एक घन्टा फोन

वासिङ्टन/मस्को,०१ फागुन ।

एजेन्सी

युक्रेन र रूसको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच कुराकानी भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार शनिबार बाइडेन र पुटिनबीच झन्डै एक घन्टा टेलिफोनमा कुराकानी भएको हो।

टेलिफोनमा बाइडेनले रूसले युक्रेनमाथि अतिक्रमण गरे निर्णायक जवाफ फर्काउने र त्यसको गम्भीर असर हुने बताएका थिए। रूसी राष्ट्रपति कार्यालयले भने कुराकानीका क्रममा बाइडेनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को युक्रेनमा विस्तारलगायत रूसी चासोका विषयमा जवाफ नदिएको बताएको छ।

ह्वाइटहाउसका उच्च अधिकारीले कुराकानीका क्रममा पुटिनले कूटनीतिक प्रयास जारी राख्ने र बाइडेनसँग सम्पर्कमा रहने बताएको जानकारी दिएका छन्।

अमेरिकाले रूसले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने भन्दै आफ्ना नागरिक र केइभस्थित दूतावासका कर्मचारीलाई युक्रेन छोड्न भनेको छ। इजरायल, पोर्चुगल, बेल्जियमलगायत अरू विभिन्न मुलुकले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका छन्।

रूसले भने युक्रेनको सीमामा सैनिकहरू आफ्नो भूमिको रक्षा गर्न गएको र युक्रेनमाथि हमला गर्ने कुनै मनसाय नरहेको बताउँदै आएको छ।

केही हप्तादेखि युक्रेनी सीमामा १ लाख बढी रूसी सैनिक जम्मा भएका छन्।

कुनैबेला आफ्नो सबैथोक चल्ने केइभको सत्ता अहिले युरोपियन युनियन र नेटोसँग जोडिन लागेपछि रूसले सीमामा सेना उतारेको हो। रूस-युक्रेन सीमामा बढिरहेको तनावसँग रूस र युक्रेनको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।

गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए।

ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।

युक्रेनको उत्तरमा पर्ने बेलारूसमा ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आइपुगेका छन्। रूस र बेलारूसबाट एकैसाथ आक्रमण गरेर युक्रेनी सेनालाई विभाजित गर्ने रणनीतिका साथ बेलारूसमा रूसी सेना पुगेको अनुमान गरिएको छ। रूस र बेलारूसले केही दिनअघि संयुक्त सैन्य अभ्यास पनि गरेका छन्।

रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।

बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ  र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी केइभ नै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।

केइभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको  पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्‍यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।

रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।

युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।

युक्रेनलाई तीनतिरबाट आफ्ना सैनिकले घेरेर मस्कोले अहिले कूटनीतिक वार्ताहरूमा यही कुरालाई अघि सारेको छ। केही दिनअघिमात्रै मस्कोले वासिङ्टनलाई पठाएको पत्रमा नेटोले युक्रेनलाई सदस्य बनाउन नहुने माग राखिएको थियो। जुन कुरा अमेरिकाले ठाडै अस्वीकार गरेको छ।

केही दिनअघि इयू र अमेरिकी अधिकारीहरूसँग भएका रूसी अधिकारीका वार्ता असफल भएका छन्। वार्ता असफल भएपछि अब रूसले युक्रेनमा अतिक्रमण गर्ने अनुमानहरू गरिएका छन्। रूसले युक्रेनमाथि कसरी हमला गर्न सक्छ भन्नेचाहिँ यकिन भइसकेको छैन। युक्रेनमाथि हमला गरे पश्चिमा मुलुकहरूले युक्रेनलाई गर्ने सैन्य सहायता, रूसी अधिकारीमाथि लगाउने प्रतिबन्धबारे पुटिन पक्कै जानकार छन्।

पश्चिमाहरूसँगको सम्बन्ध मात्रै होइन युक्रेनी सेना पनि २०१४ को भन्दा अहिले बलियो भएको छ। उसले रूसी सेनालाई हराउन त नसक्ला तर उल्लेख क्षति भने गराउन सक्छ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विश्व/एन.आर.एन. सम्बन्धि थप
  • hamal sir

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • समाचार
  • १

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
    ७ घण्टा अघि

  • २

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • ३

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २ दिन अघि

  • ४

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    १ हफ्ता अघि

  • ५

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ हफ्ता अघि

  • ६

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ हफ्ता अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ८

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ९

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • १०

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution