ओटावा, फागुन ३ गते ।
क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ । प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गर्नुभएको हो ।
ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोपसम्बन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सरकारको सर्त मान्न नसकिने अडान राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन् ।
ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ । आन्दोलनलाई नियन्त्रणमा लिन सुरुमा राजधानी शहरका मेयरले सङ्कटकाल घोषणा गर्नुभएको थियो । त्यो प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्रीले नै सङ्कटकालसहितको विशेष आदेश जारी गर्नुभएको हो ।
यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |