काठमाडौं । पश्चिमी देशहरुले शुक्रबार राती संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ
रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरुले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो ।
रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषदमा उक्त प्रस्ताव माथि छलफल हुनेछैन ।
राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन् ।
शुक्रबार राती नै सुरक्षा परिषद्का सदस्यहरुबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) अनुपस्थित रहेका थिए । बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
मस्यौदामाथि अब राष्ट्रसंघका १९३ सदस्य रहेको महासभामा जाने बताइएको छ ।
प्रस्तावमा सुरक्षा परिषदको गैरजिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शक्तीको दुरुपयोग गर्ने जस्ता आरोप रुसमाथि लगाइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |