एजेन्सी ,१५ फागुन।
रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,“ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका हुन् । “युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन्।“ उनले थप जानकारी दिएका छन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।
शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |