धादिङ,१७ फागुन।
धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित ढेवाडाँडामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
महाशिवरात्रिको अवसरमा नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखा धादिङको आयोजना तथा सिद्धलेक ढेवा डाँडा समाज नेपाल सिद्धलेक–२ पात्लेको सहआयोजनामा भएको रक्तदान कार्यक्रममा १० जना महिला र ४९ जना पुरुष गरि ५९ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा सप्रेमी युवा क्लब सिद्धलेक २ को सहयोगमा बिहान १० बजेदेखी दिउँसो ४ बजेसम्म रक्तदान कार्यक्रम भएको थियो।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।
चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसले जनाएको छ ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।
सिद्धलेक–२ स्थित ढेवाडाँडामा आयोजित रक्तदान कार्यक्रम,तस्विर:नारायण कुमार श्रेष्ठ
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |