काठमाडौं, २६ फागुन
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।
बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् ।
‘गल्ती नहुने भन्ने हुँदैन । गल्ती हुन्छ । तर, त्यसलाई सच्याउनुपर्र्छ । समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’
पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्न्तिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |