काठमाडौं, २९ फागुन
स्वामी आत्मो पुष्पको कथा र निर्देशनमा तयार भएको सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक भएको छ । नाम र दाम कमाउन अरुलाई हानी गर्नुहुँदैन भन्ने सन्देशसहितको फिल्मले काठमाडौंमा कोठा भाडामा बस्ने महत्वकांक्षी मध्यमवर्गीय युवकको चरित्रको कथालाई देखाएको छ ।
फिल्ममा स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा, विपिन जैसवाल, रोहित कार्कीलगायतको अभिनय छ । बालकृष्ण लम्साल र चिरञ्जिवी विक निर्माता रहेको फिल्ममा भूपेन थापा मगरको छायांकन, नकुल खड्काको सम्पादन तथा पुष्प र प्रदीप केसीको पटकथा र संवाद छ ।
निर्देशक पुष्पले फिल्म ‘चङ्गा चेट’, ‘गोपी’, ‘दयारानी, ‘साङ्लो’, ‘मालिका’ र ‘कमिटमेन्ट ६० आवर’लगायतका फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |