काठमाडौं, २९ फागुन
बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् ।
यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् । फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन् ।
निर्माताहरुले ‘बच्चन पाण्डेकी सवारी’ शनिबारबाट सुरु गरेका छन् । यो सवारी १५ मार्चसम्म अलग–अलग स्थानमा चल्नेछ । फिल्मका निर्देशक फरहाद सामजी हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |