एजेन्सी
काठमाडौं, ३० फागुन
अल्लू अर्जुन र रश्मिका मन्दाको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि निर्माताहरु यसको सिक्वेलको तयारीमा जुटेका छन् । फिल्मका निर्माताहरु स्क्रिप्टमा केही परिवर्तन गर्ने कोशिस गरिरहेका छन् । उनीहरुले उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्नका लागि निर्माताले स्क्रिप्ट परिवर्तनको प्रयास गरेका हुन् ।
समाचारअनुसार निर्देशक सुकुमार पहिला ‘पुष्पा’लाई दुई भागमा बनाउने योजनामा थिए । तर पछि ‘पुष्पाः द राइज’ र ‘पुष्पाः द रुल’को रुपमा प्रस्तुत गर्न स्क्रिप्टमा कैयौं परिवर्तन गरे । अहिले उनले ‘पुष्पाः द रुल’का लागि स्क्रिप्टमा केही परिवर्तन गरिरहेका छन् । दर्शकमाझ आफ्नो प्रभाव छोड्नका लागि सिक्वेलको कथामा केही ट्वीस्ट ल्याउँदैछन् ।
अल्लू, सुकुमार र उनको टिमले ‘पुष्पा २’ को सुटिङ सुरु गर्नका लागि तयारी थालेका छन् । फिल्मको दोस्रो भागमा अल्लूलाई एक झगडालु व्यक्तिको रुपमा प्रस्तुत गरिनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |