धादिङ,०३ चैत।
नेकपा एमालेका महासचिव शंकर पोखरेल भोलि शुक्रबार धादिङबेशी आउनुहुने भएको छ।
नेकपा एमाले जिल्ला कमिटी धादिङको आयोजनामा सदरमुकाम धादिङबेसीस्थित मदन आश्रित–स्मृति भवनमा हुने जिल्लास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न एमाले महासचिव पोखरेल धादिङ आउन लाग्नुभएको एमाले धादिङका सचिवालय सदस्य एवंम कार्यालय सचिव भरत ढुङ्गानाले जानकारी दिनुभयो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव केन्द्रित पार्टी केन्द्रिय कमिटीको कार्यक्रम अनुसार एमाले जिल्ला कमिटी धादिङले योे कार्यक्रम आयोजना गरेको ढुङ्गानाले बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्पराज कंडेल, पार्टीका केन्द्रिय सदस्य एवं धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, सह–इन्चार्ज जानुका सिंखडा, प्रदेश सांसद डा.रामकुमार अधिकारी लगाएतका नेताहरुको सम्बोधन रहने कार्यालय सचिव ढुङ्गानाले जानकारी दिनुभयो ।कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागिताको लागी पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटी, जनसंगठनका सबै प्रमुख तथा उप–प्रमुखहरु, नगर कमिटी, गाउँ कमिटी र वडा कमीटीका पदाधिकारीहरु, जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुका सहित आम अगुवा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।एमाले धादिङले जिल्लभर आसन्न स्थानीय चुनाव केन्द्रित कार्यक्रमहरु स्थानीय स्तरसम्म संचालन गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |