धादिङ,१० चैत
दन्तरोग सम्बन्धीको उपचारमा धादिङबासीलाई २५ प्रतिशत छुट दिने भएको छ।
अन्तराष्ट्रिय धादिङ समाज र डेण्टल डक्टर क्लिनिकबिच द्धिपक्षीय सम्झौता भए अनुसार धादिङबासी र गैर आवासीय नेपालीहरुलाई २५ प्रतिशत छुट दिने भएको हो ।
धादिङ जिल्लामा बसोबास गर्ने जो कोहिले पनिउक्त छुट पाउने अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो। काठमाण्डौको शंखमुलमा रहेको उक्त डेण्टल क्लिनिकमा गएर सेवालिन सकिने छ।
छुट प्राप्त गर्नको लागिभने धादिङ जिल्लाबासी भएको परिचयपत्र खुल्ने प्रमाण आवश्यक पर्ने छ ।वि.स. २०७९ सालदेखी लागु हुने उक्त सम्झौता २०८१ बैशाख १ गते सम्मजारी रहने छ ।
अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुराल र डेण्टल डक्टर क्लिनिक प्राईभेट लिमिटेडका तर्फबाट निर्देशक प्रो.डा.मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |