काठमाडौं १३ चैत
कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाससरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको आवश्यकता औँल्याएको जानकारी दिँदै उनले पार्टीको चुनाव प्रचारप्रसार अभियानमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले पनि गठबन्धनसहित चुनाव लड्नुपर्ने सुझाव दिएको बताए ।
‘बढीभन्दा बढी सफलता हासिल गर्न हामी निर्वाचनमा जाने हो । कतिपय ठाउँमा समझदारी गरेर पनि गठबन्धनमा जानुपर्ने साथीहरुको मत छ । भोलिसम्ममा छलफल गरेर कस्तो मोडालिटी र ढाँचामा चुनावमा जानुपर्छ भन्ने निर्णय गर्छौँ,’ प्रवक्ता डा. महतले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |