काठमाडौं, १४ चैत
पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन् । त्यसका लागि ओली कपिलवस्तुनै पुगेका थिए ।
गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका-४ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका-६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका-८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनाल प्रताप साहलगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |