काठमाडौं, १४ चैत
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिन्ह पाउँछन् ।
राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दललहरूले समेत आफ्नै चुनाव चिन्ह पाउनु पर्ने माग गरेका थिए । सोही आधारमा आयोगले जिल्लामा रहेका संगठनको संरचनाको विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको प्रवक्ता पौडेलले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |