काठमाडौं, १५ चैत
३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ ।
निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।
जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदैछ । ‘नेपाली सेनासति १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौं,’ आचार्यले न्युज कारखानासँग भने, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ । सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’
उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ-कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निक्र्याैल गर्ने उनले बताए ।
उनका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |