काठमाडौं, १५ चैत
नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ ।
अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो ।
कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र दक्षिण सुडानको तर्फबाट राष्ट्रसंघका लागि दक्षिण सुडानका स्थायी प्रतिनिधि तथा राजदूत अकुई बोना मलवालले हस्ताक्षर गरेका थिए ।
दुवै देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघका महासचिवलाई दिएका छन् । उनीहरुले संयुक्त पत्र लेखि सो जानकारी गराएका थिए ।
दक्षिण सुडान सन् २०११ मा भएको जनमतसंग्रह मार्फत सुडानबाट स्वतन्त्र भएको थियो । सुडान भूवेरिवेष्ठित राष्ट्र हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |