एजेन्सी
सांघाइ, २४ चैत
कोभिड–१९ का कारण लकडाउनमा परेको सांघाईका स्थानीय बासिन्दा निकै कष्टकर जीवन बिताइरहेका छन् । प्रतिबन्धको समयमा सहरका सर्वसाधारणले झेल्नु परेका समस्या र उनीहरूलाई दिइएका निर्देशनका झलकहरू सामाजिक सञ्जालहरूमा पोष्ट हुन थालेका छन् । कतिपय पोस्ट भाइरल बनेका छन् ।
सांघाई कोभिड १९ को हटस्पट बनेको छ । पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आए पनि अन्य देशको तुलनामा संक्रमण दर उच्च छ । सहरका २ करोड ६० लाख मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ ।
सांघाईका बासिन्दाहरूले पोस्ट गरेका भिडियोहरूमा ड्रोनहरूले सूचना दिएको देखिन्छ । ड्रोनहरू आकाशमा देखा परेपछि बासिन्दाहरू आफ्नो बार्दली बाहिर निक्लिएर आपूर्तिको अभावमा विरोध गरेका देखिन्छन् ।
चीनको सामाजिक सञ्जाल विबोमा पहिलो पटक सेयर गरिएको सो भिडियोलाई पछि ट्विटरमा राखिएको थियो ।
ड्रोनहरूले मानिसहरूलाई कोभिड प्रतिबन्ध पालना गर्न र ‘स्वतन्त्रताको लागि आफ्नो इच्छालाई नियन्त्रण गर्न’ निर्देशन दिएका छन् । मानिसहरूलाई झ्याल नखोल्न र गीत नगाउन भनिएको छ ।
यस्तै अर्को भिडियोमा स्वास्थ्यकर्मीहरूले सांघाईको सडकमा सार्वजनिक घोषणा गर्न मेगाफोन प्रयोग गरेका देखिन्छन् । ‘आज रातिदेखि जोडीहरू छुट्टै सुत्नु पर्छ । चुम्बन गर्नु हुँदैन । अंगालो हाल्न अनुमति छैन । छुट्टै खाना खानु पर्छ । तपाईंको सहयोगका लागि धन्यवाद’, स्वास्थ्य कार्यकर्ताहरूले स्थानीय बासिन्दाहरूलाई भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |