काठमाडौं, १ वैशाख
आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँचजनाको नाम सिफारिस भएको छ। बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए ।
ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।
शाक्य हालका मेयर हुन् भने स्थापित पूर्व मेयर हुन् । त्यस्तै मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |