काठमाडौं, ७ वैशाख ।
नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् ।
एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।
उक्त सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो । गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।
उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न आग्रह गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |