काठमाडौं, ९ वैशाख ।
आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्वारकाे टुंगाे लगाउन सकेका छैन ।
निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनाेनयन दर्ता हुनेछ । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्वारकाे टुंगाे लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेद्वार टुंग्याउने घोषणा गरेको छ ।
नेपाली कांग्रेसले मुख्यत: महानगर र उपमहानगरमा उम्मेद्वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहोर्याउने जनाइरहेका बेला नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन् ।
हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |