काठमाडौं, ९ वैशाख ।
जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।
कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।
सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवाश्यक निर्णय लिने तयारी भएको छ । ‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुर कांग्रेसले आवाश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताए ।
सम्भवतः पार्टीवाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेदवारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराईएको छैन । यसबारेमा थप जानकारी लिन खोज्दा नगरसभापति साह सम्पर्कमा आउन चाहेनन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |