काठमाडौं, ९ वैशाख ।
नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताएका छन् ।
पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताए ।
‘नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता÷कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्,’ अध्यक्ष प्रचण्डले भने ।
एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले जनाए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दरा कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनले बताए ।
‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमान्दार कम्युन्सिट जुन साच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरुलाई गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |