काठमाडौं, ९ वैशाख ।
आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।
एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पअनुसार :-
हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।
हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।
हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।
हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।
हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।
हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |