Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ ४, बुधबार
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

१ दिन अघि
२

नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

२ दिन अघि
३

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

३ दिन अघि
४

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

४ दिन अघि
५

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि
६

“बच्छला सन्देश” पुस्तक विमोचन

१ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
८

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
९

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
१०

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
११

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१२

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

२ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

३ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

३ हफ्ता अघि
११

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि
१२

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

२ हफ्ता अघि

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (३ साल अघि)
  • ५२० पटक पढिएको
निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, १० वैशाख ।

नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ । केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको छ । मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विष्लेषण गरेर सुरक्षा रणनीति निर्माण गर्नु जरुरी हुन्छ । बिहीबार मात्रै गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा सुरक्षा अधिकारीले गृहमन्त्री समक्ष निर्वाचन सुरक्षा योजनाबारे ‘व्रिफिङ’ पनि गरिसकेका छन् ।

यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजार बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ भने नेपाली सेनाका ७१ ह्जार जनशक्ति निर्वाचनमा खटिने छन् । यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातारण तयार पार्ने गरी प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको बताउछन् । नेपाल सरकारले सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत सुरक्षा योजना बनाएको छ । निर्वाचनमा सबै सुरक्षा निकायको संयुक्तरुपमा काम हुनेछ । त्यसका अलावा हरेक सुरक्षा निकायले आआफ्नै आन्तरिक रणनीति पनि तयार पारेका छन् ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने केसीले बताए । विभागलाई भने सूचना सङ्कलनमा मुख्य जिम्मेवारी छ ।

यसपालि कुनै आपराधिक समूहको गतिविधि नदेखिएको र विद्रोही समूहसमेत नरहेकाले पनि सुरक्षामा ठूलो बाह्य चुनौती नदेखिएको सुरक्षा संयन्त्रको निष्कर्ष छ तर पनि दलहरुबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुनसक्छन् । दलका नेतामाथि आक्रमण तथा कार्यकर्ताबीच झडप हुनसक्ने सम्भावना कायमै रहेकाले त्यसतर्फ सुरक्षा निकायको बढी ध्यान रहेको सुरक्षा अधिकारीको भनाइ छ ।

“यसपालि ठूलो थ्रेट केही छैन, उही भौगोलिक अवस्था, चुनावमा हुनसक्ने राजनीति दलको प्रतिष्पर्धा र झडपलगायत चुनौती हुनसक्छ, हरेक चुनौती आकलन गरेर योजना बनाइएको छ”, प्रवक्ता केसीले भने । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र अधिकांश स्थानीय तह तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । अयोगले निर्वाचन सामग्री जिल्ला जिल्लामा पठाउन थालिसकेको छ । त्यसैले पनि जिल्लामा सुरक्षा कडा पार्न थालिएको छ ।

आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ । ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन् । मतपत्र छपाइको क्रम तीव्र पारिएको छ । आयोगका अनुसार एक करोड ९४ लाख मतपत्र आवश्यक पर्छन् ।

यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशिल भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

नेपाली सेनाको निर्वाचन सुरक्षा

नेपाली सेनाबाट ७१ हजार जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा खटाइएको छ । त्यसमध्ये आवश्यकताका आधारमा तोकिएका क्षेत्रमा सेना खटिइसकेका र अन्य तयारीमा रहेका नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ । आजबाट निर्वाचन अयोगमा खडा हुने सेलमा समेत सेना खटिइसकेको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवाल मतपत्र छपाइस्थलमा सेनाको टोली तैनाथ भइसकेको र मतपत्र ढुवानी तथा मतपेटीका सुरक्षाको जिम्मेवारी पनि सेनाकै रहेको बताउछन्् ।

सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत सेना खटिइसकेको छ । पहिले नै सेनाले ३४ कारागारको सुरक्षा जिम्मा लिइसकेको थियो । बाँकीको जिम्मा समेत सेनालाई दिइएको छ । विष्फोटक पदार्थ निस्तेज टोलीसमेत तयारी अवस्थामा रहेको र एकीकृत सुरक्षा योजनाअनुसार तथा जिल्ला सुरक्षासमितिको समन्वयमा फौजसँगै खटिने छ ।

“जुनसुकै स्थानमा आवश्यक परेको खण्डमा बढीमा ३० मिनेटभित्रमा सेना आइपुग्ने गरी फोर्स तैनाथ रहन्छन”, सहायक रथी सिलवालले भने, “त्यसका अलावा अन्य बाह्य सुरक्षाको जिम्मासमेत सेनाकै छ । उनका अनुसार विभिन्न क्षेत्रमा हेलिकप्टरसहितको टोली तयारी राखिने छ । दुर्गममा मतपत्र, मतपेटीका ल्याउने/लैजाने काम पनि हेलिकप्टरबाटै हुनेछ । गृमन्त्रालयको शुक्रबारको बैठकले निर्वाचनको प्रयोजनार्थ आवश्यक परे निजी हेलिकप्टरको समेत प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

अहिले सेनाले सूचना सङ्कलन, मतदानस्थलको रेखी तथा निरीक्षण अध्ययनसमेत गरिरहेको छ । सेनाले सबै सैनिकलाई मानवअधिकार र मानवीय तालिम प्रदान गरी सबैलाई प्रशिक्षितसमेत गरिसकेको छ । स्थानीय सुरक्षा समितिको समन्वयमा निर्वाचन क्षेत्रमा सैनिक थपघट हुनेछन् ।

सशस्त्र प्रहरीको यस्तो छ निर्वाचन केन्द्रित सुरक्षा

सशस्त्र प्रहरी बल नेपालले ३२ हजार जनशक्ति निर्वाचन सुरक्षामा खटाउनेमा आवश्यक क्षेत्रमा यसअघि नै खटाइसकेको छ । त्यसमा मोबाइल गस्ती, स्टाइकिङ टोली समेत पर्छन् । दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतकको सुरक्षा गर्छन् ।

जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिनेछ । सशस्त्र अनुगमन टोलीमा समेत सहभागी हुनेछ । सशस्त्रको टोली युनिट रिजर्वमा समेत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विदुर खड्काले जानकारी दिए ।

“हामीले ३२ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि तयार पारेका छौँ, कतिपय खटिइसके, केही जाने तयारीमा छन्”, उनले भने, “आवश्यक क्षेत्रमा, आवश्यक मात्रामा र आवश्यताअनुसार टोली परिचालन भएका छन् र हुन्छन् ।” बाहिनीस्तरीय निर्वाचन सुरक्षा अभ्यास सम्पन्न गरी टोली परिचालन भइसकेको उनले बताए । सशस्त्रको केन्द्रिय निर्वाचन सेल डिआइजीको नेतृत्वमा गठन भएको छ । त्यसले निर्वाचनमा टोली परिचालनको काम गर्नेछ ।

कार्य क्षेत्रमा म्यादी प्रहरी

निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन् । उनीहरुलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो । प्रहरी प्रवक्ता केसीका अनुसार चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाए/अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो ।

त्यसअघि निर्वाचन पूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने स्थानका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ । यसका अलावा राजनीतिक दलका गतिविधि हुने स्थान तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत सुरक्षा संयन्त्रले निगरानी बढाउन थालिसकेका छन् । रासस

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • samawaya samiti

    कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

  • hamal sir

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • समाचार
  • १

    कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने
    १ दिन अघि

  • २

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
    २ दिन अघि

  • ३

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ३ दिन अघि

  • ४

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    ४ दिन अघि

  • ५

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    १ हफ्ता अघि

  • ६

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ हफ्ता अघि

  • ८

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ९

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • १०

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution