काठमाडौं, १२ वैशाख
नेकपा (एकीकृत समाजवादी)ले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्ददै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ ।
पार्टीको सहइन्चार्जसमेत रहेका केन्द्रीय सदस्य अमृत तिमल्सिनाले आज १० बजेसम्ममा उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने बताए । बेलुकी ५ बजेसम्ममा ललितपुर महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकामा मनोनयन दर्ता गर्ने जानकारी दिए ।
‘हाम्रो प्रतिनिधित्व नै शून्य हुनेगरी कांग्रेस–माओवादी अघि बढे’, उनले भने, ‘हामी पनि एक्लै निर्वाचनमा जाने तयारीमा छौं । सबै स्थानीय तहको सबै पदमा हाम्रो उम्मेदवारी रहन्छ ।’
ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई एकीकृत समाजवादीले आइतबार नै उम्मेदवार चयन गरिसकेको छ ।
तर, गठबन्धन दलको केन्द्रीय तहमा नेताहरूबीच समझदारी भएको अवस्थामा भने एक्लै अघि बढ्ने निर्णयबाट पछि हट्ने तिमल्सिनाले बताए। कांग्रेसका बाग्मती सभापति इन्द्र बानियाँ र माओवादी बाग्मती अध्यक्ष सरल सहयात्रीले आइतबार एकीकृत समाजवादीलाई अलग्याउँदै दुई दलबीच मात्र तालमेल हुनेगरी समझदारी गरेका थिए । त्यसपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |