काठमाडौं, १३ वैशाख ।
निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । आज बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्ता प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा भएको हो ।
आयोगले ती पदहरूमा सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ । त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९६ जना, प्रदेश १ मा २१ हजार ८७९ जना र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले मनोनयन दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |