काठमाडौं, १३ वैशाख ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ ।
मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो । मनोनयन दर्ता गर्नेको विवरण जिल्लाबाट आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाले उम्मेदवारी दिएका छन् ।
३ हजार ४३० जनाले प्रमुखमा, ३ हजार ३६३ जनाले अध्यक्षमा, २ हजार ९७ जनाले उपप्रमुखमा, २ हजार ३८२ जनाले उपाध्यक्षमा, ३४ हजार ३५७ जनाले वडा अध्यक्षमा, २५ हजार ३४५ जनाले महिला सदस्यमा, २२ हजार ८९९ जनाले दलित महिला सदस्यमा र ५३ हजार ४०१ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन हुँदैछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |