हेटौंडा, १४ वैशाख ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । हेटौडामा बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
उनले गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने गरी षड्यन्त्र भएकोले पार्टी परित्याग गरेको बताएका छन् । निर्वाचन पश्चात देशव्यापी रूपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलन समेत क्षतविक्षत हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरेलको नाम हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि सिफारिस पनि भएको थियो । पछि नेकपा एसबाट गठबन्धनको लागि मीना लामा उम्मेदवार बनेकी थिइन् ।
उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । पोखरेल र डीसी नेकपा एमाले विभाजन भएपछि नेकपा एसमा आबद्ध भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |