काठमाडौं, १४ वैशाख ।
यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार) राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदैछ ।
यस सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपाली समयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।
लिभरपुलले इङ्लिस लिग क्लबको उपाधि जितिसकेको छ भने एफए कपको फाइनल पुगेको छ । यस्तै, दोस्रो स्थानमा रहदै प्रिमियर लिगको उपाधि होडमा छ ।
लिभरपुलले क्वाटरफाइनलमा पोर्चुगिज क्लब बेन्फिकालाई हराएको थियो । भने भिल्लारियलले भने जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो । दुई टोलीबीचको दोस्रो लेग आगामी ४ मेमा हुनेछ । दोस्रो लेग भिल्लाको मैदानमा हुनेछ ।
पहिलो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई ४-३ अन्तरले पराजित गरेको थियो । च्याम्पियन्स लिगको फाइनल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |