काठमाडौं, १६ वैशाख
पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ ।
गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो ।
शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन् ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरको आमचोक गाउँपालिकामा एमाले–कांग्रेस तालमेल भएको छ ।
गुल्मीको धर्कोटमा भने एमाले–माओवादीबीच तालमेल भएको छ । बाग्मती प्रदेशको सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकामा पनि एमाले–माओवादी तालमेलको निर्णय बिहीबार भएको छ ।
गठबन्धनको निर्णयविपरीत एमालेसँग भएका तालमेल शुक्रबार बसेको गठबन्धन बैठकले गरेको निर्णयले खारेज गर्ने भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी नेता राम कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा भने एमालेविरुद्ध राप्रपासँग मिलेर गठबन्धन दलले तालमेल गर्दै छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |