काठमाडौं, १७ वैशाख ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइ सकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले यी जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार ढुवानीको काम धमाधम भइरहेको छ । मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत ढुवानी गरिएको शर्माले बताए । उनका अनुसार अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ ।
आयोगले काठमाडौंदेखि लामो दूरी रहेको जिल्लामा छिटो मतपत्र पठाउन थालेको हो । निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले मत्रपत्र छपाइ, ढुवानीसँगै अन्य निर्वाचनसम्बन्धी कामलाई तीब्रता दिएको छ ।
आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयहरूले आजै उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दै छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |