काठमाडौं, १८ वैशाख।
देशको विकास नभएको भन्दै जनताले बारम्बार असन्तुष्टि जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने देश विकासको नयाँ अवधारणा अघि सारेका छन् ।
उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने बताएका छन् । समृद्ध नेपाल निर्माण गर्ने सकिने पनि उनको दाबी छ ।
देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि बताए ।
अभियानलाई उनले ‘म्याराथन’ दौड भएकाे सामाजिक सञ्जाल ट्वीटरमा आइतबार बिहान लेखेका छन् ।
थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै अलग भएर राप्रपा नेपालमा पुगेका नेता हुन् ।
उनले राजतन्त्रको एजेण्डा त्यागेका छन् । अहिले उनले राप्रपा नेपालबाट हिन्दु राष्ट्रको मात्रै एजेण्डा बोक्दै आएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |