काठमाडौं, १८ वैशाख
पाँच दलीय गठबन्धनले उम्मेदवारी फिर्ता नलिएका र फिर्ता लिने समय अपुग भएका स्थानीय तहमा गठबन्धन दलहरूबीच भएको समझदारीअनुसार तालमेल गर्न आ–आफ्ना दलले मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
दलका आधिकारिक र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिह्न पाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको गठबन्धन दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
ठाउँ ठाउँमा गठबन्धनका केही दलले तालमेलको समझदारीविपरीत उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन दलहरूबीच केही ठाउँमा तालमेलको विषय पेचिलो बनेको छ ।
यस्तै बैठकले गठबन्धनको मर्म र भावनाअनरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने पनि बैठकको निर्णय छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |