काठमाडौं, २१ वैशाख
हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए । उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ ।
थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान उनले लेखेका छन्, ‘धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन ।’
पूर्वराजा ज्ञानेन्द्रसँग मन मुटाव भएपछि थापा राजसंस्थाको एजेन्डा त्यागेर हिन्दु धर्मको मात्र एजेन्डा बोकेर हिँडेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |