काठमाडौं, २१ वैशाख ।
स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनको बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।
कांग्रेको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने भएको छ । पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संंस्थाहरूलाई अब स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्न समेत निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन समेत सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |