धादिङ,२१ बैशाख ।
स्वतन्त्र उम्मेद्वारहरूलाई कुनै पनि किसिमको डर, धम्की वा दबाब प्रभावमा नपार्न निर्वाचन आयोगले फेरी आग्रह गरेको छ ।
५ दलिय सत्ता गठबन्धन तथा ठूला राजनितिक दलका विरुद्ध स्वतन्त्र रूपमा उम्मेद्वारी दिएर चुनाव प्रचार प्रसारमा रहेका उम्मेद्वारहरूलाई विभिन्न प्रभावमा पारेर उम्मेद्वारी निष्क्रिय पार्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न आयोगले बारम्बार सचेत गराउँदै आएको छ ।
निर्वाचनमा मत हाल्नु मात्रै होइन, उम्मेद्वार बन्न पाउनु पनि नागरिक अधिकार रहेकाले कसैले पनि नागरिक अधिकार हनन् गर्न नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो ।
काठमाडौंमा भएको एउटा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेद्वार कोही ठूलो र सानो नहुने भएकाले फरक व्यवहार नगर्न आग्रह गर्नुभयो । निर्वाचन आयोले यसअघि पनि पटक पटक स्वतन्त्र उम्मेद्वारहरूलाई कुनै पनि किसिमको दबाब नदिन आग्रह गरिसकेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |