चितवन, २२ वैशाख
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् ।
चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए ।
निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे ।
चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |