काठमाडौं, २२ वैशाख।
शीर्ष नेताहरूले राप्रपा नेपाल परित्याग गर्न थालेका छन् । गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपालको नेतृत्व गर्न पुगेका कमल थापाको साथ वरिष्ठ नेताहरूले छाड्न थालेका छन् ।
बिहीबार राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरि कोषाध्यक्षबाट राजीनामा बुझाएका छन् ।
केन्द्रीय कार्यालय विशालनगरमा गुरुङले आफ्नो राजीनामापत्र दर्ता गराएका छन् । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्षसमेत भएका थिए ।
अहिले आएर गुरुङले थापाको साथ छाडेको छन् । थापासँगको राजनीतिक साथ छोड्नेमा गुरुङ मात्र होइन अघिल्लो साता शीर्षनेताहरूले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।
अघिल्लो साता उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |