चितवन, २२ वैशाख ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको बताएका छन् ।
चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘संविधानकै चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको छ ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावाद र तानाशाहीविरुद्ध लड्न सबैभन्दा पहिलो आफूले गठबन्धनको निर्माणको प्रस्ताव गरेको भन्दै उनले शेरबहादुर देउवासँग मिल्न गएको आरोपको पनि खण्डन गरे ।
‘शेरबहादुर देउवासँग मिल्न गएको होइन । मैले नै गठबन्धनको लागि आह्वान गरेको हो । ओली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै थिए । देशमा तानाशाही लाद्न खोज्दै थिए । राजनितिक स्थिरतालाइ खल्बलाउन ओली निमित्त नायक बनेर आए । नेपाली कांग्रेसको प्रतिद्वन्द्वी एमालेसँग हो । प्रचन्ड होइन । त्यसकारण प्रचन्डसँग सहकार्य गर्नु आवश्यकता हो । मिलेर यो देशको अस्थिरता को अन्त्य गर्नुछ । ओलीविरुद्धमा गठबन्धन गर्नुपरेको छ,’ उनले भने ।
सत्तारुढ गठबन्धन संसदीय निर्वाचनसम्म रहने भन्दै उनले कांग्रेसलाई २३ सिटबाट ९३ सिटमा पु¥याउन गठबन्धन भएको बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |