काठमाडौं, २३ वैशाख ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालमा प्रगतिशिल र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको बताएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा यो प्रतिस्पर्धा अझ चुलिएको उनले बताए ।
‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ । गठबन्धनलनाई कमजोर बनाउनु भनेको अस्थिरतलाई साथ दिनु हो,’ कांग्रेस नेता पौडेलले भने, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज कांग्रेस र कम्युनिस्टको झगडा होइन । प्रतिगामी शक्ति विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ ।’
राजनीतिक स्थिरत कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे । स्थिरिता नहुँदा विकास हुन नसकेको उनले बताए ।
‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नु भएको छ । क–कसलाई लिएर गर्नु भएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भने ।
केही समय राजनीतिक स्थीरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उनले जनाए । उनले थपे, ‘हामी आफैले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौं ।’
ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरता तर्फ धकेलिएको दाबी उनले गरे । यसैकारण आज ओलीलाई बलियो बनाउन गठबन्धनको विरुद्धमा कार्य भइरहेको उनले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |