धादिङ,२३ बैशाख
बैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकीएसँगै दलका नेताहरुले आ–आफ्नो दलको प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। मतदाताहरुलाई आफ्नो प्रभावमा पार्नको लागि लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् । यसैगरी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष श्याम तामाङले तलब भक्ता बापत आफुले प्राप्त गर्ने रकमबाट मासिक १० हजार एउटा कोष बनाएर बिपद तथा बिपन्न परिबारको ब्यवबस्थापनमा खर्च गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यस्ता छन् वडा अध्यक्ष पदको उम्मेदवार श्याम तामाङको प्रतिबद्धताहरु–ः
१) वडाको सम्पूर्ण जनताको सेवा तथा आर्थिक पार्दर्शिता मेरो पहिलो प्राथमिकता हुनेछ।
२)मेरो मोबाईल मा आउने हरेक कल रेसीभ गर्ने प्रयास गर्नेछु र हरेक मिसकलको कल ब्याक गर्नेछु ।
३) वडाबासीकोहरुको दैनिक आइपर्ने काम,कामकारबाही मेरो कारण ले कहिलेपनि रोकिने छैन।मेरो अनुपस्थिती मा कार्यबाहक तोकि दिनेछु र मैले नै गर्नु पर्ने काम कारबाही आब्श्यक स्थान मा नै स्वम उपस्थिति भै गर्नेछु ।
४)वडामा एउटा कोल्ड स्टोर निर्माण गर्न को लागि पहल गर्नेछु ।
५) मेरो तलब भत्ता बाट प्रतेक महिना रु १०,०००(दस हजार )छुट्टाइ एउटा् कोष बनाउने छु जस बाट बिपद तथा बिपन्न परिबारलाई सहयोग गरेनेछ।
६) वडाका सम्पूर्ण सुत्केरी महिला लाई न्युनतम १०००(एक हजार )सुत्केरी भत्ता (जन्म दर्ता गर्न वडामा आउँदा ) वडा बाट बितरन गर्ने ब्यबस्था मिलाउने छु।
७)वडाबासीको स्वस्थ्य लाई ध्यान मा राख्दै वडाका स्वास्थ सस्थाहरुमा हर सम्भब प्रयास गरि औसधि तथा स्वास्थ्य कर्मीको अभाव हुन दिने छैन ।वडाको सम्पुर्ण नागरिक हरुको स्वास्थ्य बिमा गराउन पहल गर्नेछु।
८)वडाका सम्पुर्ण किसानहरूको लागि समयमा नै रासायनिक मल तथा बीउ बिजन उपलब्ध गराउन सक्रिय भुमिका खेल्नेछु।
९)वडाका टोल हरु बाट आर्थिक स्तर न्यून भएकोे गरिब तथा जेहेन्दार विद्यार्थी हरु छनोट गरि हरेक बर्स वडा बाट छात्रवृत्ति को ब्यबस्था गर्नेछु।
१०)खानेपानी तथा सिचाइ लाई प्राथमिकता मा राखी वडा बाट बजेट बिनियोजन गरीनेछ र ठुलो आयोजना को लागि नगर पालीका तथा सम्बन्धित निकाय सङ समन्वय गरिनेछ। एक घरमा एक धारा कार्यक्रम बाकि रहेको स्थान मा यथासक्या छिटो ब्यब्स्था मिलाइने छ।
११)हरेक बर्स उत्कृष्ट कृषक तथा महिला उधमी वडा भरी बाट छनोट गरि पुरस्कृत गर्ने ब्यबस्था गरिनेछ ।
१२) हरेक टोल/टोलमा महिला उधमी तथा कृषि तालीम समबन्धी कार्यक्रम परिचालन गर्ने ब्यब्स्था मिलाउने छ।
१३)प्रतेक ६/६ महिना मा वडाको तोल/टोल पुगी बिकास का बिसयमा छलफल गर्नेछु।
१४) वडाका शाखा सडक हरुको अबस्था हेरि ग्राबेल गर्ने कार्यक्रम हरु सबिस्तार अगि बढाउने छु।
१५) वडा भरिको बिजुली को पोल नपुगेको स्थान मा पोल पुर्याउने र सम्पुर्ण काठे पोल हरु हटाई फलामे पोल प्रतिस्थापन गर्ने कार्यको ब्यबस्था मिलाउने छु।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |