काठमाडौं, २४ वैशाख
राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् ।
पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् ।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । उनले राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन् ।
पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा निर्वाचन जितिने पनि उनको दाबी छ ।
तर, उनको पार्टी विभाजित छ । गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भए । हाल थापा नेतृत्वको दल राप्रपा नेपाल एमालेसँगको तालमेलमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |