जेष्ठ १,धादिङ । नेत्रावती डवजाङ गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मिन बहादुर तामाङ विजयी भएका छन् ।
उनले ३ सय १० मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी ढल्केको छाता चिन्हले १ सय ७९ मत प्राप्त गरे ।
नेत्रावती डबजाङ २ मा नेपाली काग्रेसको प्यानल नै बिजयी भएका हुन् । बिजयी तामाङको महिला सदस्य पदका उम्मेदवारले ३३२, दलित महिला सदस्यले ३२९, वडा सदस्य १ ले ३१० र वडा सदस्य २ ले ३३७ मत हासिल गरि बिजयी भएका हुन् । २०७४ को चुनावमा माओवादी केन्द्रका सुन्दर थापा जितेका वडामा यस बर्ष थापा पराजित भएका छन् ।
यस अघिको मत गणनामा नेत्रावती डबजोङ गाउपालिका वडा न १ मा नेपाली काग्रेस कै ठाकुर गुरुङ बिजयी भैसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |