काठमाडौं, ३ जेठ।
स्थानीय तह निर्वाचनपछिकाे पहिलाे काराेबार दिन सेयर बजार नेप्सेमा एकै दिन ८४ अंकले गिरावट आएको छ । मंगलबार अधिकांश कम्पनीहरूले नोक्सानी व्यहोरेका छन् ।
मंगलबार नेप्से ८३ दशमलब ६१ अंकले घटेर नेप्से परिसूचक २२ सय ६५ दशमलब ५२ अंकमा पुगेर बन्द भएको छ । बिहान २३ सय ५० अंकबाट खुलेको बजार लगातार घटेर २२ सय ६५ अंकमा पुगेर बन्द भयाे ।
नेप्सेको सेन्सेटिभ इन्डेक्स १५ दशमलव २८ अंकले घटेर चार सय ३८ दशलमव ६८ अंकमा पुगेको छ । घटेको बजारमा ३५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो साता आइतबारदेखि बुधबारसम्ममा नेप्से एक सय ३० अंकले बढेको थियो भने बिहीबार १८ अंकले घटेको थियो । स्थानीय तह चुनावसँगै बजार उकालो लाग्ने अपेक्षा गरिए पनि पहिलाे दिननै बजारमा ठूलो गिरावटपछि लगानीकर्ता निरास बनेका छन् । नेप्सेमा मंगलबार सूचिकृत २२१ कम्पनीको सेयर कारोबार भएकोमा अधिकांश कम्पनीले घाटा बेहोर्नु परेको छ ।
मंगलबार नेप्सेमा २०९ कम्पनीको सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले केही नाफा कमाउँदा चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्ने चार कम्पनीमा बुद्ध भूमि हाइड्रो पावर, लुम्बिनी जनरल इन्सुरेन्स वोमी माइक्रोफाइनान्स र युनाइटेड इन्सुरेन्स कम्पनी रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |