काठमाडौं, ४ जेठ ।
प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले मूल्यवृद्धि नियन्त्रणदेखि पेट्रोलियम पदार्थको वैकल्पिक उपायबारे सरकारको प्राथमकितामा नपरेको बताए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै वस्तुको भाउ बढ्ने र यसले विपन्न समुदायको जीवन कष्टकर हुने भन्दै उनले पेट्रोलियम पदार्थको वैकल्पिक उपायदेखि मूल्यवृद्धि नियन्त्रणको उपाय अवलम्बन गर्नुपर्ने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशको आर्थिक संकट नियन्त्रण गर्ने उपाय अवलम्बन नगरेको भट्टराईले बताए ।
कोरोनाभाइरसको महामारीका बेला एमालेको तत्कालीन सरकारले दातृ राष्ट्र र निकायको सहयोग लिएर देशको आर्थिक अवस्थालाई बलियो बनाए पनि अहिले सरकारले देशको आर्थिक अवस्था सुधार्न प्रयास नगरेको पनि उनको आरोप छ ।
फाईल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |