काठमाडौं, ५ जेठ ।
स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।
एक सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेका छन् ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसथा सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । हालसम्म ५७० वटा पालिकाको मतगणना सकिएको छ भने १८३ वटामा मतगणना जारी रहेको छ ।
अन्तिम मतपरिणाम आइसकेका ५७० वटा पालिकामध्ये २५३ वटामा नेपाली कांग्रेस, १६४ मा नेकपा एमाले र १०५ वटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |