काठमाडौं, ६ जेठ ।
निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ ।
पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।
आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचन भएकामध्ये ६३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । ती पालिकामा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवार विजयी बनेका छन् ।
आयोगका अनुसार प्रमुखमा १०२, अध्यक्षमा १८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १८०, वडा अध्यक्षमा २ हजार ३९३, महिला सदस्यमा २ हजार ३५४, दलित महिला सदस्यमा २ हजार २९५ र सदस्यमा ४ हजार ७६४ जना कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |