काठमाडौं, ६ जेठ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
आयोगका अनुसार निर्वाचन भएकामध्ये हालसम्म ६३८ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानीय तहमा हालसम्म एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी बनेका छन् ।
प्रमुखमा ६०, अध्यक्षमा ११६, उपप्रमुखमा ७९, उपाध्यक्षमा ११८, वडा अध्यक्षमा १ हजार ९०८, महिला सदस्यमा २ हजार ८४, दलित महिला सदस्यमा २ हजार ४२ र सदस्यमा ४ हजार २०२ जना एमाले उम्मेदवार विजयी भएको अयोगले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |