काठमाडौं, १० जेठ।
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ ।
गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने भएको हो । निर्वाचनमा मतदाता ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् ।
दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ।
निर्वाचनबाट गाउँ कार्यपालिकाको हकमा चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा दुई जना सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान छ । नगर कार्यपालिकामा भने पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा तीन जना सदस्य निर्वाचित गर्नुपर्ने भनिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |