काठमाडौं, १० जेठ ।
नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ ।
निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ ।
वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |